गृहपृष्ठ युभेन्टसले सासुलालाई तीन–शून्यले हरायो
युभेन्टसले सासुलालाई तीन–शून्यले हरायो
इटालियन सिरी ए मा लिग लिडर युभेन्टसले आइतबार राति भएको खेलमा सासुलोलाई तीन–शून्यले पराजित गरेको छ ।
युभेन्टसले दोस्रो स्थानको नापोलीसँगको अग्रता ११ अंकमा र्पुयाएको छ । प्रतिस्पर्धात्मक खेलको २३ औं मिनेटमा सामी खिदेराले गोल गर्दै खेलमा युभेन्टसलाई अग्रता दिलाएका थिए । युभेन्टसले ७० औं मिनेटमा दोस्रो गोल गरेको थियो । स्टार खेलाडी क्रिस्टियानो रोनाल्डोले गोल गरेका थिए । रोनाल्डोको सिरी ए मा यो १८ औं गोल हो ।
खेलको ८६ औं मिनेटमा रोनाल्डोको पासमा इमीरी कानले गोल गरे । युभेन्टसको २३ खेलबाट ६३ अंक छ भने दोस्रो स्थानको नापोलीको ५२ अंक छ ।
प्रकाशित समय १०:३२ बजे

















