गृहपृष्ठ नेविसंघ अध्यक्ष महरको राजीनामा स्वीकृत
नेविसंघ अध्यक्ष महरको राजीनामा स्वीकृत
कांग्रेस केन्द्रीय कार्यसमिति बैठकले नेविसंघ अध्यक्ष नैनसिंह महरको राजीनामा स्वीकृत गरेको छ । पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले अध्यक्ष महरको राजीनामा स्वीकृत गर्ने निर्णय गरेको सहमहामन्त्री डा. प्रकाशशरण महतले जानकारी दिए ।
महाधिवेशन गर्न नसकेकोले उनको राजीनामा स्वीकार गरिएको उनले बताए । अध्यक्ष महरको राजीनामासँगै महाधिवेशनसम्मका लागि नेविसंघको तदर्थ समिति गठनका लागि बाटो खुलेको छ । दुई वर्ष कार्यकाल सकिएर दुई पटक गरी थपिएको पाँच महिनाको समयमा पनि महाधिवेशन गर्न नसकेको भन्दै अध्यक्ष महरको आलोचना भएपछि उनले पार्टी सभापति शेरबहादुर देउवासमक्ष सोमबार नै राजीनामा पेस गरेका थिए ।
नेविसंघको विषयलाई लिएर लामो समयदेखि पार्टीभित्र मत विभाजित छ । अध्यक्ष महरले भने पार्टी नेताको दबाबमा आफूले राजीनामा दिएको दाबी गरेका छन् ।
यो पनि पढ्नुहोस् ।
नेविसंघका दुई वर्ष : दुई कार्यालय, तीन बैठक र चार केन्द्रीय समिति
महरलाई कार्ययोजना पेस गर्न १० दिनको समय, नगरेमा कार्यसमिति खारेज हुने
प्रकाशित समय १८:५४ बजे

















