गृहपृष्ठ एकताको सन्देश फैलाउन कांग्रेस नेतृत्वलाई नेताहरुको ध्यानाकर्षण

एकताको सन्देश फैलाउन कांग्रेस नेतृत्वलाई नेताहरुको ध्यानाकर्षण

nepali_congress

नेपाली कांग्रेसका नेताहरुले महासमिति बैठकले प्रस्तुत गरेको एकताको सन्देशलाई तल्लो तहसम्म लैजाने नेतृत्वको ध्यानाकषर्ण गराएका छन् । पार्टीलाई जीवन्त र कार्यकर्तामा उत्साह सञ्चार गराउन यस्तो गर्नुपर्ने कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा नेताहरुले धारणा राखेका हुन् ।

कार्यकर्ताहरुलाई गुटको आधारमा नभई सम्मानपूर्ण व्यवहार र न्यायपूर्ण अवसर प्रदान गर्नुपर्नेमा उनीहरुको जोड छ । कांग्रेस केन्द्रीय कार्यसमितिको सोमबारको बैठकमा लिखित प्रस्ताव पेश गर्दै केन्द्रीय सदस्य नवीन्द्रराज जोशीले कार्यकर्तासँगको सम्बाद र सम्बन्धलाई थप प्रगाढ बनाउनुपर्नेमा जोड दिए । पार्टीलाई जीवन्त र कार्यकर्तामा उत्साह सञ्चार गराउन आवश्यक रहेको भन्दै नेता जोशीले ११ बुँदे प्रस्ताव पेश गरेका छन् ।

जसमा पार्टीका भातृ र शुभेच्छुक संघहरुको महाधिवेशन समयै गर्नेदेखि पार्टीको महाधिवेशन पनि विधानमा उल्लेख भएको समयमै गर्न सुझाइएको छ । त्यस्तै महासमिति बैठकमा प्रस्तुत भएको भावना अनुसार समावेशी आधारमा एक तहमा एकपटक मात्र अवसर प्रदान गर्न र केन्द्रीय सदस्य क्षेत्रीय प्रतिनिधिका रुपमा रहने र महाधिवेशन प्रतिनिधिका लागि चुनाव लड्नुपर्ने व्यवस्था मिलाउन उनेले आग्रह गरेका छन् ।

यस्तै, बैठकले नेपाल विद्यार्थी संघका अध्यक्ष नैनसिंह महरले दिएको राजीनामा स्वीकृत गरेको छ ।  कांग्रेस केन्द्रीय कार्यसमिति बैठक मंगलबार दिउँसो २ बजे पुनः बस्नेछ ।

प्रकाशित समय १९:२३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु