गृहपृष्ठ भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान दुर्घटना

भारतीय वायुसेनाको लडाकु विमान मिग–२७ मंगलबार साँझ दुर्घटनाग्रस्त भएको छ ।

दुर्घटनामा पाइलट भने सुरक्षित रहेको बताइएको छ । भारतीय सञ्चारमाध्यमका अनुसार दुर्घटना राजस्थानको पोखरण रेञ्जमा साँझ सवा ६ बजे भएको थियो । विमान दुर्घटनाको कारण भने पत्ता लाग्न नसकेको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

भारतीय वायुसेनाले दुर्घटनाको कारण पत्ता लगाउन निर्देशन दिएको छ । विमान प्रशिक्षण उडानमा रहेको भारतीय वायुसेनाले जनाएको छ ।

प्रकाशित समय ०९:२४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु