गृहपृष्ठ ट्रकको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

ट्रकको ठक्करबाट भक्तपुरमा एक जनाको मृत्यु

accident-newskarobar

भक्तपुरमा ट्रकको ठक्करबाट एक जनाको मृत्यु भएको छ । भक्तपुरस्थित मध्यपुर थिमीमा ट्रकको ठक्करबाट पैदल यात्रुको मृत्यु भएको हो ।

भक्तपुरबाट काठमाडौंतर्फ जाँदै गरेको बा ५ ख ४३१७ नम्बरको ट्रकले सूर्यविनायक नगरपालिका-३ का ६२ वर्षिया मिथिलेसप्रसाद उपाध्यायलाई ठक्कर दिएको थियो । उपाध्यायलाई कोरिया मैत्री अस्पतालतर्फ बाटो क्रस गर्ने क्रममा उक्त ट्रकले ठक्कर दिएको थियो ।

ट्रकको ठक्करबाट घाइते भएका उपाध्यायलाई उपचारका लागि मध्यपुर अस्पताल लगिएकामा उपचारको क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिई फरार भएको ट्रकलाई प्रहरीले भक्तपुरस्थित सृजनानगरबाट नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय १८:३३ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु