गृहपृष्ठ जलाइएको अवस्थामा बालिकाको शव फेला

जलाइएको अवस्थामा बालिकाको शव फेला

death-newskarobar

धनुषाको मिथिला नगरपालिका–३ हरिहरपुरस्थित मगरटोलकी ९ वर्षीया बालिकाको शव उखुबारीमा हत्या गरी जलाएको अवस्थामा भेटिएको छ ।

देवनारायण रसाइलीकी छोरीको विभत्स अवस्थामा शव फेला परेको हो । बुधबार रातिसम्म छिमेकीको घरमा विवाहका क्रममा रेश्मा नाचेकी थिइन् । सोही रात हत्या गरी जलाइएको हुनसक्ने धनुषाका एसपी शेखर खनालले जानकारी दिए ।

प्रकाशित समय ०९:१८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु