गृहपृष्ठ पाँच वर्षीया नातिनी हजुरबुवाबाटै बलात्कृत
पाँच वर्षीया नातिनी हजुरबुवाबाटै बलात्कृत
सांकेतिक तस्बिर
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका– ११ अमिलेमा हजुरबुबाबाटै पाँच वर्षीया नातिनी बलात्कृत भएकी छिन् ।
सन्धिखर्क ११ डिभर्ना अमिलेका ६५ वर्षीय वृद्धलाई आफ्नै पाँच वर्षीया नातिनीलाई जबरजस्ती करणी गरेको आरोपमा शुक्रबार पक्राउ गरिएको अर्घाखाँची प्रहरीले जानकारी दिएको छ । करणीको बारेमा बालिकाले आमालाई भनेपछि प्रहरीमा उजुरी भएको थियो ।
आरोपीलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०९:२८ बजे

















