गृहपृष्ठ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाद्वारा सहयोग प्रदान

राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाद्वारा सहयोग प्रदान

परोपकारी परियोजना अन्तर्गत गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अष्ट्रेलियाले नेपालका न्यून आय भएका परिवारका विद्यार्थीहरुलाई सहयोग गरेको छ । परिषदले ९ जिल्लाका प्रत्येक विद्यालयालाई १ लाखका दरले सहयोग गरेको हो । गैरआवासीय नेपाली संघका अध्यक्ष भवन भट्टले सो रकम हस्तान्तरण गरेका हुन् । रकम हस्तान्तरण गर्दै अध्यक्ष भवन भट्टले संघले परोपकारी तथा सामाजिक काम गरिरहेको बताए ।

सहयोग गरिएका विद्यालयहरुमा श्री दुर्गा मावि – ताप्लेजुङ, राष्ट्रिय प्राथमिक विद्यालय – सप्तरी, बच्छला मावि – नुवाकोट, मंडली मावि – धादिंग, जनज्योति मावि – लम्जुङ, प्रभात प्राथमिक विद्यालय – काश्की, श्री रारा आवासीय विद्यालय – बाँके, थिगेल्नी देवी आधारभूत विद्यालय ( कालिकोट र चन्द्र नाथ प्राथमिक विद्यालय बाजुरा रहेका छन् ।

प्रकाशित समय १२:११ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु