गृहपृष्ठ काठमाडौं उपत्यकाको मौसममा बदली

काठमाडौं उपत्यकाको मौसममा बदली

mausam-newskarobar

काठमाडौं उपत्यका लगायत केही ठाउँको मौसममा बदली भएको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार काठमाडौंमा हल्का पानी परिरहेको छ । उच्च पहाडी र हिमाली भेगहरूमा हल्का देखि मध्यम हिमपातको सम्भावना रहेको छ ।

विभागका अनुसार राति पश्चिमी र मध्य भू–भागमा अंशिक, पूर्वी भू–भागमा सामान्य, पूर्वी तथा मध्य पहाडी भू–भागका थोरै स्थानहरुमा र पश्चिमी क्षेत्रका एक वा दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

पूर्वी हिमाली भेगहरूमा हल्का हिमपात हुन सक्ने विभागले जनाएको छ । काठमाडौं उपत्यकाको मौसममा बेलुकाबाट सुधार आउने महाशाखाको अनुमान छ ।

प्रकाशित समय १२:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु