गृहपृष्ठ राजस्व अनुसन्धान विभागको मुख्यालयमा २३ किलो सुन झिकाइयो

राजस्व अनुसन्धान विभागको मुख्यालयमा २३ किलो सुन झिकाइयो

gold-newskarobar

कञ्चनपुरबाट बरामद गरिएको २३ किलो ६ सय ग्राम सुन राजस्व अनुसन्धान विभागको मुख्यालयमै झिकाइएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहत रहेको विभागले सुन प्रकरणको अनुसन्धान गर्ने ललितपुरको हरिहरभवनस्थित कार्यालयमा झिकाइएको हो । सुनसहित संलग्न व्यक्तिबारे अनुसन्धानको लागि प्रहरीले शुक्रबार विभागको क्षेत्रीय कार्यालय कोहलपुरमा पठाइएको थियो ।

तर सो प्रकरणबारे अनुसन्धान कोहलपुरमा नगरी शनिबार काठमाडौं झिकाइएको हो । ठूलो परिमाण भएकाले अनुसन्धान विभागको मुख्यालयमै पठाएको क्षेत्रीय अनुसन्धान प्रमुख विनोद कुमार दाहालले बताए । सुन प्रकरणमा संलग्न प्रहरी जवान सुरज तिरुवा र उनका दाजु लक्ष्मण तिरुवाका साथै बरामद गरिएको सुन बुझिसकेको तत्काल अनुसन्धान शुरू हुने बताएका थिए ।

तर शनिबार विभागको क्षेत्रीय कार्यालयबाट मुख्यालयमा नै झिकाइएको हो । विभागका महानिर्देशक दीर्घराज मैनालीले सुरक्षाको कारण देखाउँदै मुख्यालयमा झिकाएको बताए । सुन र संलग्न भनिएका दाजुभाईलाई बुझ्ने काम भइसकेकाले अनुसन्धानको काम आइतवारदेखि शुरू गर्ने बताईएको छ ।

प्रकाशित समय १६:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु