गृहपृष्ठ घुससहित नगरपालिकाका सब इन्जिनियर पक्राउ
घुससहित नगरपालिकाका सब इन्जिनियर पक्राउ
कञ्चनपुरको बेलौरी नगरपालिकाका सब इन्जिनियर घुससहित पक्राउ परेका छन् ।
सब इन्जिनियर हृदयराज बजगाईले ६० हजार रुपैयाँ घुस लिइरहेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कञ्चनपुरको टोलीले नियन्त्रणमा लिएको हो । नगरपालिकाको ४ र ६ वडा जोड्ने स्लाब कलभर्ट निर्माणको अन्तिम रनिङ बिलका लागिसेवाग्राहीसँग ६० हजार रुपैयाँ घुस लिँदै थिए ।
बजगाईलाई हिरासतमा राखी अनुसन्धान सुरु गरिएको अख्तियारको कञ्चनपुर कार्यालयले जनाएको छ ।
प्रकाशित समय १७:०४ बजे

















