गृहपृष्ठ शिबम् सिमेन्टको आइपिओ आजदेखि, सुरुमै १० प्रतिशत लाभांस दिनसक्ने

शिबम् सिमेन्टको आइपिओ आजदेखि, सुरुमै १० प्रतिशत लाभांस दिनसक्ने

शिभम् सिमेन्टले आजदेखि प्राथमिक शेयर निष्काशन गरेको छ ।

सर्वासधारणको लागि प्रति कित्ता ३०० रुपैयाँ र प्रभावित क्षेत्रका बासिन्दाको लागि २०० रुपैयाँमा शेयर निष्काशन गरेको हो । कम्पनीले प्रभावित क्षेत्रका बासिन्दाको लागि ५ लाख ७९ हजार ६४० कित्ता प्राथमिक शेयरको बिक्री खुला गरेको छ । सर्वसाधारणका लागि ४१ लाख २० हजार कित्ता शेयर निष्काशन गरेको जनाएको छ ।

आवेदकले न्युनतम ५० कित्ता र अधिकतम खुला गरिए बराबरकै लागि आवदेन दिन पाउनेछन् । प्राथमिक शेयर निष्काशनसँगै कम्पनीले साधारणसभाबाट प्राथमिक शेयर धनीहरुलाई समेत १० प्रतिशतभन्दा धेरै नगद लाभांस दिने योजना बनाएको छ ।

प्रकाशित समय ११:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु