गृहपृष्ठ नेकपा सचिवालय बैठक : भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने प्रयास
नेकपा सचिवालय बैठक : भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने प्रयास
फाइल तस्बिर
विभिन्न झमेलाबाट गुज्रिरहेको नेकपा, पार्टी एकतालाई छिटो टुंगो लगाउने प्रयासमा जुटेको छ ।
नेकपा सचिवालयको बैठक अहिले प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । बैठकमा तल्ला तह र भ्रातृ संगठनहरुको एकता टुंगो लगाउने विषयमा केन्द्रित रहेको नेकपा स्रोतले जनाएको छ ।
गृहमन्त्री समेत रहेका नेता रामबहादुर थापा बादलको संयोजकत्वमा गठित कार्यदलले अझैसम्म एकतालाई पूर्णता दिन नसकेपछि अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड आफैंले एकताको खाका तयार पार्ने जिम्मा लिने बताइएको छ । कार्यदलमा ऊर्जामन्त्री समेत रहेका वर्षमान पुन, भौतिक पूर्वाधार तथा यातायातमन्त्रीसमेत रहेका रघुवीर महासेठ र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल सदस्य छन् ।
नेताहरुलाई दोहोरो जिम्मेवारी दिने नदिने विषयमै मतभेद देखिएको छ । पोखरेलले मुख्यमन्त्रीको पद त्याग्ने तर पार्टीको जिम्मेवारी नत्याग्ने बताएपछि पनि एकतामा धाजो देखा परेको हो ।
प्रकाशित समय १०:४२ बजे

















