गृहपृष्ठ साउदी अरबका राजकुमार पाकिस्तानमा, २० अर्ब अमेरिकी डलर सहयोगको सम्झौता
साउदी अरबका राजकुमार पाकिस्तानमा, २० अर्ब अमेरिकी डलर सहयोगको सम्झौता
साउदी अरबले पाकिस्तानलाई २० अर्ब अमेरिकी डलर बराबरको आर्थिक सहायता दिने भएको छ । पकिस्तान भ्रमणका क्रममा साउदी अरबका राजकुमार मोहमद बिन सलमानले पाकिस्तानलाई २० अर्ब डलर बराबरको सहायता दिने सम्झौतामा हस्ताक्षर गरेका छन् ।
आर्थिक घाटा बेहोरिरहेको पाकिस्तानलाई साउदीले सो रकम दिने सम्झौतामा हस्ताक्षर गरेको हो । साउदी राजकुमारलाई पाकिस्तानका प्रधानमन्त्री इमरान खान र सेना प्रमुख कमर जावेद बावजा एयरपोर्ट स्वागत गरेका थिए ।
साउदी राजकुमारको सम्मानमा प्रधानमन्त्री निवासमा विशेष भोजनको आयोजना गरिएको थियो । दुई दिने भ्रमणका लागि राजकुमार आइतबार पाकिस्तान पुगेका हुन् ।
प्रकाशित समय ११:३२ बजे

















