गृहपृष्ठ सुनसरीमा बसको ठक्करबाट एककाे मृत्यु

सुनसरीमा बसको ठक्करबाट एककाे मृत्यु

accident_newskarobar

सुनसरीको दुहबी नगरपालिका–३ स्थित फुटानी चौकमा सोमवार बसको ठक्करबाट १ जनाकाे मृत्यु भएको छ ।

बिराटनगरबाट धरान जाँदै गरेको ना ४ ख ७४२७ नम्बरको बसले सप्तरी भारदह मधुवापुर–५ घर भइ दुहबी डेरा गरी बस्ने २७ वर्षिया रेखा झालाई ठक्कर दिएको थियो ।

बसको ठक्करबाट झाको घटनास्थलमा नै मृत्यु भएको इलाका प्रहरी कार्यालय दुहवीले जनाएको छ । घटनामा संलग्न बस र चालकलाई प्रहरीको नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय १५:०४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु