गृहपृष्ठ सामुहिक राजीनामा दिने सरकारी चिकित्सकहरुको चेतावनी

सामुहिक राजीनामा दिने सरकारी चिकित्सकहरुको चेतावनी

कर्मचारी समायोजन विधेयकप्रति असहमति जनाउँदै सरकारी चिकित्सकहरुले सामुहिक राजीनामा दिने तयारी गरेका छन् । आन्दोलनरत देशैभरका चिकित्सकहरुले सोमबार स्वेच्छिक सामुहिक राजीनामाको लागी हस्ताक्षर अभियान सुरु गरेका छन् । सहमति विपरित विधेयक ल्याएको आरोप लगाउँदै चिकित्सकहरु आन्दोलित भएका हुन् ।

सोे विद्येयक सच्चाउन राष्ट्रपति विद्यादेवी भण्डारी र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालाई आग्रह गरिएको सरकारी चिकित्सक संघ (गोदान) का अध्यक्ष दिपेन्द्र पाण्डेले जानकारी दिए । उनका अनुसार एक हप्ता भित्र चिकित्सकको हस्ताक्षर संकलन गरेर सामुहिक राजीनामा बुझाउने तयारी छ ।

आइतबार पत्रकार सम्मेलन गरेर संघले आफूहरुको माग पूरा नभए अस्पतालहरुका आकस्मिक बाहेका सबै सेवा ठप्प पार्ने चेतावनी दिएको थियो । संघले आन्दोलन अन्तर्गत मंगलबार माइतीघर मण्डलामा रक्तदान कार्यक्रम आयोजना गर्ने जनाएको छ ।

प्रकाशित समय १५:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु