गृहपृष्ठ दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईको मृत्यु
दुर्घटनामा घाइते भएका बाराका प्रमुख जिल्ला अधिकारी भट्टराईको मृत्यु
बाराका प्रमुख जिल्ला अधिकारी गणेशप्रसाद भट्टराईको मृत्यु भएको छ । सडक दुर्घटनामा परी घाइते भएका प्रमुख भट्टराईको आज सोमबार मृत्यु भएको हो । भट्टराईको उपचारका क्रममा त्रिवि शिक्षण अस्पतालमा मृत्यु भएको हो ।
गत माघ ११ गते भट्टराई र सशस्त्र प्रहरी बलका एसपी बलराम पोखरेल चढेको गाडी बाराको पथलैयामा ट्याक्टरको ट्रलीसँग ठोक्किएको थियो । एसपी पोखरेलको घटनास्थलमै मृत्यु भएको थियो ।
प्रकाशित समय १५:४० बजे

















