गृहपृष्ठ युनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामग्री वितरण

युनाइटेड सिमेन्ट्सद्वारा शैक्षिक सामग्री वितरण

काठमाडौं । केएल दुगड गु्रपअन्तर्गत युनाइटेड सिमेन्ट्स प्रालिले धुनिबेंसी नगरपालिकाको विभिन्न स्थानीय विद्यालयका विद्यार्थीलाई सहयोगस्वरूप विविध शैक्षिक सामाग्री वितरण गरेको छ । धुनिबेंसी नगरपालिकामा शिक्षाको महत्व दर्शाउने र सबै अभिभावकलाई प्रोत्साहित गर्ने मनसायका साथ शैक्षिक सामग्रीहरू वितरण गरिएको जनाएको छ ।
संस्थागत सामाजिक उत्तरदायित्व पूरा गर्ने सोच बोकी अघि बढेको युनाइटेड सिमेन्ट्सले विगतका दिनमा पनि यस्ता धेरै सामाजिक कार्यहरू गर्दै आइरहेको छ । गत वर्ष पनि यस कम्पनीले सो क्षेत्रमा एम्बुलेन्स वितरण गरेको थियो । आगामी दिनमा पनि यस्तै कार्यहरू गर्ने प्रतिबद्घता कम्पनीले जनाएको छ ।

प्रकाशित समय ०७:४२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु