गृहपृष्ठ कोकाकोलाको कलर्स गीत सार्वजनिक
कोकाकोलाको कलर्स गीत सार्वजनिक
काठमाडौं । फिफा विश्वकप २०१८ का लागि कोकाकोलाले आफ्नो कोकाकोला प्रायोजित थिम ‘कलर्स’ नामक गीत सार्वजनिक गरेको छ ।
यो गीत अमेरिकी पप स्टार जेसन डेरुलोले लेखन तथा गायन गरेका हुन् । उनको यो संगीतले विश्वकपमा नयाँ उत्साह प्रदान गर्नेछ । जेसन डेरुलो एक विश्व प्रसिद्ध पप गायक हुन् ।
फिफा विश्वकप २०१८ लागि यही गीत कोकाकोला एन्थम रहेको छ ।
कोकाकोला विगत ४० वर्षदेखि फिफा विश्वकप फुटबलसँग जोडिँदै आइरहेको छ । यसअन्तर्गत कोकाकोला विभिन्न कलाकारसँग गाँसिदै थुप्रै रमाइला र मनोरञ्जनात्मक सांगीतिक यात्रा तय गर्दै आएको पनि जनाएको छ ।
प्रकाशित समय ०७:४० बजे

















