गृहपृष्ठ राष्ट्रिय गौरवका आयोजनाको अवस्था बुझ्न सांसदलाई जिम्मेवारी

राष्ट्रिय गौरवका आयोजनाको अवस्था बुझ्न सांसदलाई जिम्मेवारी

parliament-newskarobar

राष्ट्रिय गौरवका आयोजनाको वास्तविक स्थित बुझ्न सांसदलाई जिम्मेवारी दिइएको छ । राष्ट्रियसभा अन्तर्गत राष्ट्रिय सरोकार तथा समन्वय समितिले सांसदहरूलाई राष्ट्रिय गौरवका आयोजनाको अवस्था बुझ्न जिम्मेवारी दिइएको हो ।

समितिले पश्चिम सेती जलविद्युत आयोजना तथा रानीजमरा-कुलरिया सिँचाई आयोजनाको स्थिती बुझ्न सांसद इन्दु कडरियालाई जिम्मेवारी दिएको छ । त्यस्तै सिक्टा सिँचाई र बबई सिँचाईमा कोमल वली, निजगढ अन्तर्राष्ट्रिय विमानस्थल तथा लुम्बिनी क्षेत्र विकासको खिमलाल भट्टराई, मध्यपहाडी लोकमार्ग तथा कोशी करिडोरको स्थिती पत्ता लगाउन खेमराज नेपालीलाई जिम्मेवारी दिइएको छ ।

त्यस्तै कर्णाली करिडोर र भेरी बबई बहुउद्देस्यीय डाइभर्सनको जीवन बुढा, पोखरा क्षेत्रीय विमानस्थलको दीपा गुरूङ, पशुपति क्षेत्र विकास र माथिल्लो तामाकोसी जलविद्युतको धनकुमारी खतिवडा, कालीगण्डकी करिडोरको प्रकाश पन्थ, हुलाकी राजमार्गको रमेशप्रसाद यादव, फास्टट्रयाकको रामचन्द्र राई, राष्ट्रपति चुरे संरक्षण कार्यक्रम र पूर्व-पश्चिम विद्युतीय रेलमार्ग अध्ययनको रामपृत पासवान एवं मेलम्ची खानेपानी तथा बुढीगण्डकी जलविद्युत आयोजनाको अध्ययन गर्ने जिम्मा सुरेन्द्रराज पाण्डेलाई दिइएको छ ।

प्रकाशित समय १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु