गृहपृष्ठ विराटनगरमा महालक्ष्मी महायज्ञ हुने

विराटनगरमा महालक्ष्मी महायज्ञ हुने

यही फागुन १२ गतेदेखि विराटनगरको हाटखोला मैदानमा महालक्ष्मी महायज्ञ हुने भएको छ । शिवशक्ति कल्याणी केन्द्र शाखा कार्यालय विराटनगरको आयोजनामा पूर्वाञ्चलमै पहिलो पटक महालक्ष्मी महायज्ञको आयोजना गर्न लागिएको सोमबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको हो ।

महालक्ष्मीको मन्दिर निर्माणका लागि महायज्ञ गरिन लागेको महायज्ञ समितिकी मिना खड्काले जानकारी दिइन् ।   महायज्ञ संचालन गर्न ६ लाख लाग्ने बताइएको छ । अहिलेसम्म १ लाखको हाराहारीमा रकम संकलन भएको र बाँकी संकलन भएको रकम खर्च कटाएर मन्दिर निर्माणमा खर्च गरिने आयोजकले जनाएको छ ।

कृष्णप्रसाद गुरागार्इंको मुखराबृन्दबाट कथा बाचन गरिने छ भने माता कल्याणीको पनि सहभागीता रहने कार्यक्रममा जानकारी दिइएको थियो । फागुन १२ गते सोमबार विराटनगर सिंगिया खोलाबाट जलभरि विराटनगर बजार परिक्रमा  गर्दे हाटखोला पूरानो हटिया लाग्ने ठाँउमा कलश स्थापना गरिनेछ ।

प्रकाशित समय १९:४९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु