गृहपृष्ठ खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा

gajendra_thakur

खानेपानी मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरूवा भएको छ । खानेपानीमन्त्री बिना मगरले मन्त्रालयका सचिव गजेन्द्र ठाकुरको सरुवा गराएकी बताइएको छ ।

मेलम्ची खानेपानी आयोजनाको बाँकी काम गराउने विषयमा मन्त्री मगर र सचिव ठाकुरबीच मत बाझिएपछि सोमबार उनको सरुवा गरिएको हो । आयोजनाको काम छोडेर गएको इटालीयन कम्पनी सीएमसीलाई कानुन विपरित २ अर्ब ६० करोड रुपैयाँ भूक्तानी दिएर फेरि बोलाउन मन्त्रीले दबाब दिएको तर सो निर्देशन नमान्दा आफूलाई सरुवा गरिएको सचिव ठाकुरले दावी गरेका छन् ।

उनले भने, ‘त्यो कानुन विपरित भएकोले मैले दिन मानिनँ, त्यसको विकल्प खोज्नुस् मबाट मुलुकलाई अहित हुनेगरी राष्ट्रलाई घात हुने यस्तो काम हुँदैन भनेपछि सरुवा गर्नुभयो ।’

मन्त्रीहरुले कानुन विपरित काम गर्न खोजेपछि सचिवसँग कुरा नमिल्ने सचिव ठाकुरले बताए । सोमबार आफ्नो सरुवा गरिएको अनौपचारिक रुपमा आफूले थाहा पाएको उनले बताए । खानेपानी मन्त्रालयमा यसअघि पनि अर्का सचिव कृष्णराज बिसीको सरुवा गरिएको थियो । गत माघ २४ गते सरकारले सिएमसीसँग ठेक्का तोडेको थियो ।

मेलम्ची खानेपानी आयोजनको काम अघि बढाउने सम्बन्धमा मन्त्री मगर र ठाकुरबीच पहिलेदेखि नै मत बाझिएको थियो ।

प्रकाशित समय १९:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु