गृहपृष्ठ पानी जहाज कार्यालयले निकाल्यो विज्ञप्ति ‘कर्मचारी हेर्न एकान्तकुनामा आउनुस्’

पानी जहाज कार्यालयले निकाल्यो विज्ञप्ति ‘कर्मचारी हेर्न एकान्तकुनामा आउनुस्’

pani_jahaj

नेपाल पानी जहाज कार्यालयले एक विज्ञप्ति जारी गर्दै विभिन्न समाचारमाध्यममा आएका समाचारको खण्डन गरेको छ । मंगलबार एक विज्ञप्ति जारी गर्दै सो कार्यालयले विज्ञप्ति जारी गरेको छ ।

पानी जहाज कार्यालय सञ्चालनमा आएको भोलीपल्ट देखि नै बन्द भएको भ्रामक खबर सम्प्रेषण भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो । कार्यालयका निमिक्त रजिष्ट्रार अमृतमणि रिमालले फागुन २ गतेदेखि नै ११ जना कर्मचारीहरुले विधिवत रुपमा काम गर्दै आएको उल्लेख गर्दै अन्य कुराहरुको पनि जानकारी चाहिए एकान्तकुनास्थित कार्यालयमा आउन विज्ञप्तिमा भनिएको छ ।

यो पनि पढ्नुहोस् ।

पानीजहाज कार्यालय आफैं परजीवी, बाहिर बोर्ड पानीजहाजको, भित्र काम चक्रपथको

एकान्तकुनास्थित चक्रपथ सुधार आयोजनाको कार्यालयलाई पानी जहाजको पनि कार्यालयको रुपमा फागुन २ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरेका थिए । उक्त दिन र भोलिपल्ट जाँदा समेत सो कार्यालयमा कर्मचारीको व्यवस्था गरिएको थिएन ।

सञ्चारमाध्यमहरुले पानी जहाज कार्यालय स्थापना भए पनि कर्मचारी नभएको समाचार लेखेपछि कार्यालयले कर्मचारी रहेको जानकारी गराउँदै सो विज्ञप्ति निकालेको हो ।

प्रकाशित समय १९:०९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु