गृहपृष्ठ भक्तपुरको ताथलीमा ट्रिप्परको ठक्करबाट एक जनाको मृत्यु

भक्तपुरको ताथलीमा ट्रिप्परको ठक्करबाट एक जनाको मृत्यु

accident_newskarobar

भक्तपुरमा टिपर र मोटरसाइकल एकआपसमा ठोक्किँदा कञ्चनपुर घर भएका २९ वर्षीय विशुराज पन्तको घटनास्थलमै मृत्यु भएको छ ।

काभ्रेको नालाबाट भक्तपुरतर्फ आउँदै गरेको बा ५ ख ७७४७ नं को टिपरले चाँगुनारायण नगरपालिका-९ ताथलीमा बुधबार दिउँसो बा ४० प ५४०४ नं को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक पन्तको मृत्यु भएको हो ।

प्रहरीले टिपर र टिपर चालक विनोद तामाङलाई नियन्त्रणमा लिएको छ ।

प्रकाशित समय १७:३९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु