गृहपृष्ठ एलपी ग्यास उद्योग संघद्वारा आन्दोलनको चेतावनी

एलपी ग्यास उद्योग संघद्वारा आन्दोलनको चेतावनी

नेपाल एलपी ग्यास उद्योग संघले आफ्ना माग पूरा नगरे आन्दोलन गर्ने चेतावनी दिएको छ । बुधबार पत्रकार सम्मेलन गरी संघले सरकारलाई पटक-पटक जानकारी गराउँदा पनि आफ्ना मागका सम्बन्धमा सुनुवाइ नभएको गुनासो गरे ।

संघका अध्यक्ष गोकुल भण्डारीले आफूहरूले सरकारलाई पटक पटक आफ्ना मागका सम्बन्धमा जानकारी गराएको बताउँदै तर, सुनुवाई नभएको बताए । चर्को ब्याजदर आधिकारिक बिक्रेतालाई व्यवस्थित तथा सुरक्षित गर्नका लागि कानून निर्माण नहुँदा उद्योगका आधिकारिक बिक्रेता र उपभोक्तालाई असर परेको समेत बताए ।

सङ्घले नेपाली ग्यास उद्योगको नेपाली नम्बरका निजी ग्यास बुलेट सञ्चालन गर्न पाउनुपर्ने, एपी ग्यासको कोटा निर्धारण गर्नुपर्ने, ग्यासको बिक्री मूल्य कटौती गरी एक रुपता कायम गर्नुपर्ने, सिलिन्डर तथा ग्यास दुर्घटनाको बीमा गर्नुपर्ने र एलपी ग्यास विनियमावली २०६५ को समयानुकूल परिमार्जन गर्नुपर्ने माग राख्दै आएको छ ।

प्रकाशित समय १८:१५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु