गृहपृष्ठ दबाबमा मुद्दा चलाउने प्रवृत्ति हावी हुँदै गयो : महान्याधिवक्ता खरेल

दबाबमा मुद्दा चलाउने प्रवृत्ति हावी हुँदै गयो : महान्याधिवक्ता खरेल

agni_kharel फाइल तस्बिर

महान्यायधिवक्ता अग्निप्रसाद खरेलले दबाबमा मुद्दा चलाउने प्रवृत्ति हावी हुँदै गएको बताएका छन् । बुधबार आफ्नै कार्यालयमा आयोजित महान्यायधिवक्ताको पद बहाली गरेको एक वर्षको समीक्षा र भावी कार्यक्रम सार्वजनिक कार्यक्रमलाई सम्बोधन गर्दै उनले पछिल्लो समय समाजमा दबाबमा मुद्दा चलाउने प्रवृति हावी हुँदै गएको बताएका हुन् ।

कुनै पनि घटनाको अनुसन्धानका क्रममा प्रहरीले शंकास्पदलाई नियन्त्रणमा लिने, अध्ययन अनुसन्धान गर्ने तथा सो क्रममा दोषि पाइए मुद्दा चलाउने र निर्दोष भए छोड्ने प्रक्रिया अनुसन्धानको सामान्य प्रक्रिया भएको भन्दै उनले नियन्त्रणमा लिने वित्तिकै कोही पनि अपराधी नहुने उल्लेख गरे ।

तर पछिल्लो समय अनुसन्धानका लागि नियन्त्रणमा लिइएका व्यक्ति माथि नै मुद्दा चलाउन दबाब दिने प्रवृत्ति समाजमा देखिँदै गएको उनले बताए ।

महान्यायाधिवक्ता खरेलले दबाबमा परेर जो कोहीमाथि मुद्दा चलाउने काम नगर्न मातहतका सरकारी वलिकहरुलाई निर्देशन दिए । महान्यायाधिवक्ताको कार्यालयले यस वर्ष गत वर्षको तुलनामा फौजदारी मुद्दाको सफलतामा ४ प्रतिशतले बृद्धि भएको दावी गरेको छ ।

कार्यक्रममा एक वर्षभित्र गरिएको कार्यक्रमको फेयरिस्त प्रस्तुत गरिएको थियो ।

प्रकाशित समय २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु