गृहपृष्ठ राष्ट्रपतिलाई ६ प्रदेशका प्रदेश प्रमुखले भेटे

राष्ट्रपतिलाई ६ प्रदेशका प्रदेश प्रमुखले भेटे

राष्ट्रपति विद्यादेवी भण्डारीसँग ६ वटा प्रदेशका प्रदेश प्रमुखहरुले भेटवार्ता गरेका छन् ।  राष्ट्रपति भण्डारीलाई भेट्न प्रदेश-१, प्रदेश-२, प्रदेश-३, गण्डकी प्रदेश, प्रदेश-५ र कर्णाली प्रदेशका प्रमुख बुधबार शीतल निवास पुगेका हुन् ।

उक्त भेटका अवसरमा प्रदेश प्रमुखहरुले हालसम्म सम्पादन गरेका कार्यहरुको बारेमा राष्ट्रपतिलाई आ-आफ्ना अनुभवहरु जानकारी गराएको राष्ट्रपति कार्यालयका प्रवक्ता छविन्द्र पराजुलीले जानकारी दिए ।

प्रदेश-१ मा गोविन्द सुब्बा, २ मा रत्नेश्वर लाल कायस्थ, ३ मा अनुराधा कोइराला, गण्डकीमा बाबुराम कुँवर, ५ मा उमाकान्त झा, कर्णालीमा दुर्गाकेशर खनाल र सुदूरपश्चिममा मोहनराज मल्ल प्रदेश प्रमुख रहेका छन् ।

अस्वस्थताका कारण सुदूरपश्चिम प्रदेशका प्रमुख मल्ल भने भेटमा सहभागी भएनन् ।

प्रकाशित समय २०:१९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु