गृहपृष्ठ मच्छेगाउँमा राँगोको आक्रमणबाट एक जनाको मृत्यु

मच्छेगाउँमा राँगोको आक्रमणबाट एक जनाको मृत्यु

काठमाण्डौको मच्छेगाउँमा राँगोको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।

चन्द्रागिरि नगरपालिका–९, मच्छेगाउँका ६५ वर्षीय मानवीर महर्जनको रागोको आक्रमणबाट मृत्यु भएको हो । मर्निङ वाकमा निस्किएका महर्जनलाई राँगोले हानेको थियो । महर्जनलाई कीर्तिपुर अस्पताल ल्यउँदै गर्दा बाटोमै ज्यान गएको प्रहरीले जनाएको छ ।

राँगोलाई प्रहरीले गोली हानेर मारेको महानगरीय प्रहरी वृत्त थानकोटले जानकारी दिएको छ । राँगोका धनी भने अझैसम्म फेला परेका छैनन् ।

प्रकाशित समय ११:२८ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु