गृहपृष्ठ बैठकमा ३ मिनेट ढिला पुग्दा जापानका मन्त्रीलाई आपत, मागे माफी

बैठकमा ३ मिनेट ढिला पुग्दा जापानका मन्त्रीलाई आपत, मागे माफी

जापानका ओलम्पिक मन्त्री याशीताका साकुर्दाले बैठकमा तीन मिनेट ढिलो पुग्दा सार्वजनिक रुपमै माफी माग्नुपरेको छ ।

उनी बिहीबारको संसदीय बैठकमा तीन मिनेट ढिला पुगेका थिए । प्रतिपक्षले यसबारे संसदमा राजीनामा नै मागेपछि उनले सार्वजनिक रुपमै माफी मागेका छन् । प्रतिपक्षका सांसदले साकुर्दा जहिले पनि कार्यक्रम स्थलमा समयभन्दा ढिलो आउने प्रवृत्तिले कार्यालयप्रति अनादर गरेको भन्दै पाँच घण्टाको लागि बजेट कमिटीको बैठक बहिस्कार गरेका थिए ।

उनी आफ्ना अभिव्यक्तिले पटक–पटकका आलोचित हुँदै आएका छन् । गत हप्ता उनले ओलम्पिक गोल्ड मेडलिस्ट खेलाडी ल्युकोमिया रोगबाट ग्रसित भएको भन्दै आफूले उनैबाट आशा गरेको र अब आफूलाई निराश बनाएको बताएका थिए । सो अभिव्यक्तिको व्यापक आलोचना भएपछि साकुर्दाले माफी मागेका थिए ।

साकुर्दाले आफू साइबर सुरक्षा मन्त्री हुँदाका बखत् कहिल्यै पनि कम्प्युटर नचलाएको र आफ्ना सहयोगीबाट नै काम गराउने गरेको बताएका थिए । उनका विवादित अभिव्यक्तिले प्रतिपक्षीहरुले बारम्बार उनलाई राजीनामा दिन दबाब दिइरहेका छन् ।

प्रकाशित समय १४:२७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु