गृहपृष्ठ सुर्खेत प्रहरीद्वारा ६ विघामा लगाइएको अफिम खेती नष्ट

सुर्खेत प्रहरीद्वारा ६ विघामा लगाइएको अफिम खेती नष्ट

afim_nasta_surkhet

सुर्खेतको लेकबेशी नगरपालिका-८ लामीडाँडामा प्रहरीले ठूलो मात्रामा अफिम खेती नष्ट गरेको छ । विशेष सूचनाको आधारमा उक्त स्थानमा अफिम खेती गरेको पाइएपछि प्रहरी निरिक्षक निरञ्जन घिमीरेको कमाण्डमा गएको १८ जनाको टोलीले अफिम नष्ट गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी नायब उपरिक्षक प्रदिपकुमार क्षेत्रीले जानकारी दिए ।

जिल्ला प्रहरी कार्यालयको सामुदायिक प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत यो कार्य गरिएको क्षेत्रीले बताए । करिब ६ बिघामा लगाइएको झण्डै एक लाख अफिमको विरुवा प्रहरीले नष्ट गरेको हो ।

साथै उक्त ठाउँमा लागु औषध सम्बन्धी जनचेतनामूलक कार्यक्रम गरेको क्षेत्रीले जानकारी दिए । स्थानीय र जनप्रतिनिधिको सहभागीतामा कार्यक्रम सम्पन्न भएको थियो ।

जिल्ला प्रहरी कार्यलय सुर्खेतले लागु औषध नियन्त्रणमा उत्कृष्ट काम गर्ने कर्मचारीलाई प्रत्येक महिना पुरस्कारको समेत व्यवस्था गर्दै आएको डिएसपी क्षेत्रीले जानकारी दिए ।

प्रकाशित समय २०:१६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु