गृहपृष्ठ धनुषा दुर्घटना अपडेट : बस र ट्रक जुँध्दा २ को मृत्यु, १९ जना घाइते
धनुषा दुर्घटना अपडेट : बस र ट्रक जुँध्दा २ को मृत्यु, १९ जना घाइते
पूर्वपश्चिम महेन्द्र राजमार्गअन्तर्गत धनुषाको मिथिलानगरपालिकाको ढल्केवरमा बस र ट्रक एक आपसमा ठोक्किँदा दुई जनाको मृत्यु भएको छ । १९ जना घाइते भएका छन ।
पूर्वबाट पश्चिमतर्फ जाँदै गरेको ना५ख ४९६ नम्बरको मकालु बस र विपरिततर्फबाट आएको ना६ख ९४९६ नम्बरको ट्रक ढल्केवरको ट्राफिक प्रहरी कार्यालय अगाडि राती २ बजे ठोक्किँएको थियो । दुर्घटनामा बसमा सवार भारत मोतिहारीका २५ वर्षीय उदेश ठाकुर र धनुषाको क्षिरेश्वरनाथ नगरपालिका– ५ बस्ने अन्दाजी ४५ वर्षीय शिवकला देवि मड्लको मृत्यु भएको इलाका प्रहरी कार्यालय ढल्केवरले जनाएको छ ।
उपचारका लागि अस्पताल लैजादै गर्दा बाटोमै मृत्यु भएकाले उनीहरुको शव लाहन अस्पतालमा राखिएको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइते भएका १९ जनाको धरान र बिराटनगरका अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित समय ०८:२६ बजे


















