गृहपृष्ठ मौसममा बदली, देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
मौसममा बदली, देशका धेरैजसो ठाउँमा वर्षाको सम्भावना
आज मौसममा सामान्यदेखि पूर्ण बदली भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशका अधिकांश स्थानमा वर्षा हुने सम्भावना रहेको छ ।
पश्चिमी वायुको प्रभावले रातिदेखि उच्च पहाडी भूभागमा हिमपात भइरहेको छ । केही भूभागमा पानी परिरहेको र दिउँसो धेरै ठाउँमा वर्षा हुने महाशाखाले जनाएको छ । आज देशभरको मौसम पूर्ण रुपमा खुल्ने सम्भावना नभएको महाशाखाले जनाएको छ ।
प्रकाशित समय ०९:२४ बजे

















