गृहपृष्ठ चरेससहित महिला पक्राउ

चरेससहित महिला पक्राउ

pakrau-arrest-newskarobar

जिल्ला प्रहरी कार्यालय रुकुम(पूर्व) ले चरेससहित एक महिलालाई पक्राउ गरेको छ ।

जिल्लाको सिस्ने गाउँपालिका–५ रुमालबाराबाट ८०० ग्राम चरेससहित गाउँपालिका–६ की ५३ वर्षीय विद्या गुरुङलाई पक्राउ गरेको हो । गुरुङलाई चरेससहित सोमबार पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व) का प्रनाउ खड्काले जानकारी दिए ।

घरमा लुकाइछिपाइ खरीद गरी बिक्री वितरण भइरहेको गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय रुकुम (पूर्व)बाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो ।(रासस)

प्रकाशित समय १०:५२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु