गृहपृष्ठ डाक्टर आन्दोलन : आकस्मिकबाहेकका सेवा ठप्प

डाक्टर आन्दोलन : आकस्मिकबाहेकका सेवा ठप्प

सरकारी डाक्टरहरुले बुधबारबाट देशभरका सरकारी अस्पतालहरुमा आकस्मिकबाहेकका सबै सेवा बहिष्कार गरेका छन् ।

आन्दोलनका कारण बिरामी भने मर्कामा परेका छन् । काठमाडौंका वीर, टिचिङ, कान्ति, ट्रमा सेन्टर, टेकुलगायतका अस्पतालमा ओपीडीको टिकट बन्द भएको छ । राजधानी बाहिरका अस्पतालमा पनि आकस्मिकबाहेकका सेवा ठप्प भएको छ ।

सरकारी डाक्टरहरुले कर्मचारी समायोजन विधेयकको विरोध गर्दै चरणबद्ध आन्दोलन गर्दै आएका छन् । सरकारी डाक्टरहरुलाई संघ मातहत राख्नुपर्ने उनीहरुको माग छ । चिकित्सकको आन्दोलनलाई नेपाल मेडिकल एसोसियसनले समेत समर्थन गरेको छ । सरकारी अस्पतालका ओपीडी ठप्प भएपछि बिरामीहरु निजी अस्पताल जान बाध्य भएका छन् ।

सरकारी चिकित्सकहरुले स्वास्थ्य सेवा दिवस मनाउने आजको कार्यक्रम पनि बहिष्कार गरेका छन् । देशभर करिब १४ सय सरकारी डाक्टर छन् ।

प्रकाशित समय ११:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु