गृहपृष्ठ १२ वर्षपछि काठमाडाैं उपत्यकामा हिमपात (फोटो फिचर)
१२ वर्षपछि काठमाडाैं उपत्यकामा हिमपात (फोटो फिचर)
काठमाडौं उपत्यकासहित आज देशका विभिन्न भागमा हिमपात भएको छ ।
उपत्यकाको काठमाडौं, भक्तपुर र ललितपुर आसपास नै हिमपात भएको छ । उपत्यकामा बुधबार रातिदेखि बिहानसम्म भारी वर्ष भएको थियो । देशको पूर्वी भागमा आज दिनभरी मेघ गर्जनसहित वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पूर्वी भागमा आज मौसममा ठूलो फेरबदल हुने महाशाखाले चेतावनी दिएको छ । पश्चिमी भेगमा भने मौसममा सुधार आइरहेको छ ।



बिहीवार उच्च हिमाली भूभागहरूमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ । राति देशको पहाडी भूभागमा आंशिक बदली रहने र बाँकी भूभागमा मौसम सामान्यतया सफा रहने बताइएको छ ।
प्रकाशित समय ०८:५१ बजे






















