गृहपृष्ठ सिटिजन्स बैंक र बिएफआईएनबीच सम्झौता

सिटिजन्स बैंक र बिएफआईएनबीच सम्झौता

citizen-bank-international-newskarobar

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेड र बैंकिङ, फाईनान्स तथा इन्स्योरेन्स इन्ष्टिच्युट अफ नेपाल (बिएफआईएन)बीच तालिम सञ्चालन गर्ने समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

यस सम्झौता पश्चात सिटिजन्स बैंकका कर्मचारीहरुको कार्यदक्षता अभिबृद्धिको लागि बिएफआईएनले विभिन्न विषयमा नियमित रुपमा बैंकिङ तालिम प्रदान गर्ने भएको छ । बिएफआईएनले आयोजना गर्ने विभिन्न किसिमका सम्मेलन, सेमिनार तथा कार्यशालाहरूमा बैंकको सहभागिता रहने समझदारी पत्रमा उल्लेख छ ।

निकट भविष्यमै कर्मचारीहरूको वृत्ति विकाशका लागि विभिन्न कार्यक्रमहरू संचालन गर्ने बैंकले जानकारी दिएको छ ।

प्रकाशित समय ०८:०५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु