गृहपृष्ठ हेलिकप्टर दुर्घटनाः सातवटै शव सुकेटार विमानस्थल पुर्याइयो, काठमाडौं ल्याउने तयारी

हेलिकप्टर दुर्घटनाः सातवटै शव सुकेटार विमानस्थल पुर्याइयो, काठमाडौं ल्याउने तयारी

हेलिकप्टर दुर्घटनामा परी मृत्यु भएका सातै जनाको शव नेपाली सेनाले घटनास्थलबाट सुकेटार विमानस्थलमा पुर्याएको छ ।

नेपाली सेनाको हेलिकप्टरले बिहान बाँकी रहेका तीनवटा शव सुकेटार विमानस्थल ल्याएको हो । बुधबार साँझ चारवटा शव नेपाली सेनाको हेलिकोप्टरले सुकेटार विमानस्थल लगेको थियो ।

साँझ वर्षा र हिमपातका कारण तीन सबै शव संकलन गर्ने प्रयास असफल भएको थियो । अहिले सुकेटार विमानस्थल क्षेत्रको मौसम खराब भएकाले शव काठमाडौं ल्याउन सकिएको छैन । मौसममा सुधार हुनेबित्तिकै शव काठमाडौं ल्याउने बताइएको छ ।

बुधबार दिउँसो ताप्लेजुङको पाथीभरा मन्दिर दर्शन गरेर फर्किएको एक मिनेटमै हेलिकप्टर दुर्घटनामा परेको थियो । दुर्घटनामा परी संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारी, प्रधानमन्त्रीका स्वकिय सचिव युवराज दाहाल, यती एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, एयर डाइनेस्टिका क्याप्टेन प्रभाकर केसी, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ, मन्त्री अधिकारीका पीएसओ अर्जुन घिमिरे, नेपाल नागरिक उड्ययन प्राधिकरणका इञ्जिनियर ध्रुबदास भोछिभयाको मृत्यु भएको छ ।

तेह्रथुमको चुहानडाँडामा बनाउन लागिएको प्रस्तावित विमानस्थलको सम्भाव्यता अध्ययन गर्न बुधबार बिहान पर्यटनमन्त्री अधिकारीसहित सातजना त्यसतर्फ प्रस्थान गरेका थिए ।

प्रकाशित समय ०९:३२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु