गृहपृष्ठ हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा
हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा
हेलिकप्टर दुर्घटनामा निधन भएका सातैजनाको शव श्रद्धाञ्जलीका लागि टुँडिखेलमा राखिँदै छ ।
ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा निधन भएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्रप्रसाद अधिकारीसहित सातै जनाको शव श्रद्धाञ्जलीको लागि बिहान ८ बजेदेखि काठमाण्डौको टुंडिखेलमा राख्न लागिएको हो ।
हिजो राति अबेरमात्र पोष्टमार्टमको काम सकिएकाले बिहान ११ बजेसम्म मन्त्री अधिकारी, यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको शव श्रद्धाञ्जलीको लागि टुंडिखेलमा राख्न लागिएको हो ।
श्रद्धाञ्जलिका लागि राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्ति पुग्ने तय भएको छ । श्रद्धाञ्जलिपछि मन्त्री अधिकारीको शव गृहनगर पोखरा लगेर राजकीय सम्मानका साथ अन्तिम संस्कार गरिनेछ ।
प्रकाशित समय ०८:०० बजे

















