गृहपृष्ठ अर्नाको आक्रमणबाट एक घाइते

अर्नाको आक्रमणबाट एक घाइते

सुनसरीको कोशी गाउँपालिका–३ स्थित प्रति टोलमा बिहीबार साँझ अर्नाको आक्रमणबाट एक जना घाइते भएका छन् ।

साँझ सवा ७ बजेको समयमा स्थानीय ३५ वर्षिया बुधनिदेवी उराँवलाई घरमा बसिरहेको अवस्थामा जंगलबाट निस्किएको अर्नाले आक्रमण गरेको होे ।

अर्नाको आक्रमणबाट घाइते उरावको विराटनगर स्थित नोबेल अस्पतालमा उपचार भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

प्रकाशित समय १२:२६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु