गृहपृष्ठ पोखरा महानगरपालिकाद्वारा १० जना कृषक पुरस्कृत

पोखरा महानगरपालिकाद्वारा १० जना कृषक पुरस्कृत

पोखरा महानगरपालिकाको वडा नं १३ ले दसजना कृषकलाई नगदसहित पुरस्कृत गरेको छ । वडामा कृषि उत्पादनका माध्यमबाट योगदान दिने उत्कृष्ट १० कृषकलाई सम्मान गरिएको हो ।

जनही १० हजार रुपैयाँसहित पुरस्कृत हुने कृषकमा पूर्णकुमारी गुरुङ, ध्रुव बराल, बुद्धिबहादुर विक, कमला गुरुङ, फूलमाया गुरुङ, गीता पहाडी, सीता ढुंगाना सिग्देल, भोजराज बराल, षडानन्द बराल र बद्री देवकोटा छन् । त्यसैगरी आर्वा विजयमा रहेको स्वास्थ्य चौकीलाई एक रोपनी जग्गा निःशुल्क प्रदान गरेका खम्बासिंह गुरुङलाई पनि सम्मान गरिएको थियो ।

वडाध्यक्ष दर्शन लामाले चालु आवमा वडामा मौरीपालन, टनेल वितरण, भकारो सुधार, सूर्यमुखी फूल खेती, बाँझो जग्गामा जापानी कटुस, बीउबिजन वितरणलगायत कृषिमा २६ लाख ५० हजार रुपैयाँ बजेट बराबरका कार्यक्रम कार्यान्वयन गरिएको बताए । उनले प्राकृतिक तथा ऐतिहासिक सम्पदाको संरक्षण, फोहरमैला व्यवस्थापन, विकास निर्माणलगायत क्षेत्रमा सबैसँग सहकार्य गरी नमुना वडा निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे ।
(रासस)

प्रकाशित समय १६:०२ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु