गृहपृष्ठ डेनमार्कबाट शशांकको उद्घोष- अहिले चुनाव भए कांग्रेस पहिलो

डेनमार्कबाट शशांकको उद्घोष- अहिले चुनाव भए कांग्रेस पहिलो

sashanka_koirala_newskarobar

नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाले अहिले चुनाव भए कांग्रेस पहिलो पार्टी बन्ने दाबी गरेका छन् । नेपाली जनसम्पर्क समिति डेनमार्कको १४ औँ वार्षिकोत्सव कार्यक्रममा कांग्रेस नेता कोइरालाले भने, ‘सरकारले पाँच वर्षमा पनि कुनै चमत्कार गर्न सक्दैन, अहिले पनि संघीयताविरोधी गतिविधि गरिरहेको छ, तुरुन्तै निर्वाचन भए पनि कांग्रेस पहिलो पार्टी बन्छ ।’

कांग्रेसलाई अरु पार्टी या नेताले भन्दै पनि आफ्नै अन्तरघातले मात्र हराउने गरेको उनले बताए । जनसम्पर्क समितिको क्रियाशीलताले कांग्रेसमा ऊर्जा थपिएको उनको भनाइ छ ।

त्यस्तै, उपसभापति विमलेन्द्र निधिले नेपालमा आएको परिवर्तन, शासन प्रणाली र संविधानलाई संस्थागत गर्ने चुनौती रहेको बताए । ‘यो चुनौतीको सामना गर्ने सामर्थ्य कांग्रेसमा मात्र छ,’ उनले भने । कांग्रेसका विदेशस्थित नेपाली जनसम्पर्क समितिहरुको तीनदिने भेला शुक्रबारदेखि डेनमार्कको कोपनहेगनमा सुरु भएको छ ।

प्रकाशित समय १६:०६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु