गृहपृष्ठ चार दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन काठमाडाैंमा सुरु

चार दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन काठमाडाैंमा सुरु

krishi-sammelan-newskarobar

राजधानीमा अन्तर्राष्ट्रिय कृषि सम्मेलन सुरू भएको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालय, कृषि सूचना तथा सञ्चार केन्द्र र नेपाल कृषि प्रचार समितिको संयुक्त आयोजना र अन्तर्राष्ट्रिय कृषि प्रचार समिति हैदरावाद भारतको सह-आयोजनामा चार दिने अन्तर्राष्ट्रिय कृषि सम्मेलन बिहीबारबाट सुरु भएको हो ।

‘सार्क क्षेत्रका कृषकको आय दोब्बर गर्न प्रचार रणनीति तथा अवधारणा’ भन्ने मूल नाराका साथ सुरु भएको सम्मेलन असोज ७ गतेसम्म चल्नेछ । कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुर्इ तिहाइ जनसंख्या कृषि पेसामा आधारित रहेकाले देशलार्इ समृद्धिको दिशामा लैजान पहिला कृषि क्षेत्र र कृषककै विकास गर्नुपर्ने बताए । ‘कृषिमा प्रविधिको विकास गरेर आधुनिकीकरण गर्नुपर्छ,’ उनले भने, ‘अबको विश्वविद्यालयमा सीपमूलक र व्यावसायिक शिक्षा दिनुको विकल्प छैन ।’

सम्मेलनमा कृषि प्रसार सेवाका लागि नीतिगत सुधार, नवीन र बहुपक्षीय कृषि प्रसार अवधारणा, जलवायु अनुकूलता र साना किसानका लागि कृषि प्रसार विधि तथा कृषि व्यवसायीकरण र कृषक उद्यम विकासका लागि प्रचार रणनीतिसम्बन्धी चार विधामा ८५ वटा कार्यपत्र प्रस्तुत हुनेछन् । सम्मेलनमा नेपाल, भारत, भुटान, बंगलादेश र श्रृलंकाबाट कृषिक्षेत्रका नीतिनिर्माता, वरिष्ठ पदाधिकारी, किसान, कृषि प्रसार र विद्यार्थी गरी करिब चार सय जनाको सहभागिता छ ।

प्रकाशित समय १६:४१ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु