गृहपृष्ठ त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित सातजना पक्राउ

त्रिभुवन विमानस्थलबाट अवैध सुनसहित सातजना पक्राउ

दुबईबाट अवैध सुन लिएर काठमाडौं भित्रिँदै गरेका सातजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका छन् । प्रतिव्यक्ति ९९ देखि १०१ ग्रामसम्म तयारी सुनका गहना ल्याएका सात जनालार्इ विमानस्थल प्रहरीले पक्राउ गरेको हो । विदेशबाट आउँदा ५० ग्रामभन्दा बढी तयारी गहनासमेत ल्याउन पाइँदैन ।

पक्राउ परेकाहरूलार्इ आवश्यक कारबाहीका लागि त्रिभुवन विमानस्थल भन्सार कार्यालय पठाइएको प्रहरीले जनाएको छ । नेपाल एयरलाइन्सको जहाजमा दुबईबाट काठमाडौं आएका उनीहरु वैदेशिक रोजगारीबाट फर्किएका हुन् । पार्किङ क्षेत्रमा एक-अर्काको सुन बाँड्दै गर्दा उनीहरू पक्राउ परेका हुन् ।

प्रकाशित समय १६:२९ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु