गृहपृष्ठ कोरोनाबाट २० लाख मानिसको मृत्यु

कोरोनाबाट २० लाख मानिसको मृत्यु

एकैदिन थपिए ७ लाख कोरोना संक्रमित, १४ हजारको मृत्यु

विश्वभर एकैदिन करिब ७ लाख कोरोना संक्रमित थपिएका छन् । बितेका २४ घण्टामा १४ हजार ५१७ जनाको ज्यान गएको छ ।

अमेरिकामा सर्वाधिक १ लाख ९३ हजार संक्रमित फेला परेका छन् भने ३ हजार ४३८ जनाको ज्यान गएको छ । यससँगै अमेरिकामा कुल संक्रमित संख्या २ करोड २८ लाख नाघेको छ भने मृतक संख्या ३ लाख ९७ हजार नाघेको छ ।

भारतमा हालसम्म १ करोड ५ लाख २८ हजार संक्रमित फेला परेका छन् भने मृतक संख्या १ लाख ५१ हजार ९४५ पुगेको छ । बितेका २४ घण्टामा भारतमा १५ हजार ५१५ नयाँ संक्रमित भेटिए भने १८९ जनाको ज्यान गएको छ ।

ब्राजिलमा कोरोना संक्रमण दर बढ्दो क्रममा छ । बिहीबारमात्रै ब्राजिलमा ६८ हजार नया संक्रमित भेटिए भने १ हजार १५१ जनाको ज्यान गयो । ब्राजिलमा कुल संक्रमित संख्या ८३ लाख २६ हजारभन्दा बढी छ भने मृतक संख्या २ लाख ७ हजार १६० छ ।

संक्रमणको नयाँ चरणमा प्रवेश गरेको बेलायतमा बिहीबार ४८ हजार नयाँ संक्रमित भेटिए भने १ हजार २४८ जनाले ज्यान गुमाए । बेलायतमा हालसम्म ३२ लाख ६० हजार संक्रमित फेला परेका छन् भने ८६ हजार १५ जनाको ज्यान गएको छ ।

जनवरी ८ तारिकका दिन एकै दिनमा हालसम्मकै उच्च ८ लाख ३९ हजार संक्रमित फेला परेका थिए भने १३ तारिकका दिन सबैभन्दा धेरै १६ हजार ४२३ जनाले ज्यान गुमाएका थिए ।

हालसम्म विश्वभर कोरोना संक्रमितको संख्या ९ करोड ३४ लाख ५८ हजार नाघेको छ भने मृतक संख्या २० लाख ४५६ पुगेको छ ।

प्रकाशित समय ०५:४५ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु