गृहपृष्ठ बाढीपहिरोको वितण्डा- मृत्यु हुनेको संख्या २२ पुग्यो, २ जना बेपत्ता

बाढीपहिरोको वितण्डा- मृत्यु हुनेको संख्या २२ पुग्यो, २ जना बेपत्ता

सांकेतिक तस्बिर

अविरल वर्षाका कारण मानवीय तथा भौतिक क्षति हुने क्रम जारी छ । शनिबारदेखि मंगलबार साँझसम्म बाढीपहिरोका कारण २२ जनाको मृत्यु भएको छ भने २ जना बेपत्ता र ८ जना घाइते छन् ।
पहाडि क्षेत्रमा पहिरोले क्षति गरिरहेको छ भने तराईमा बाढी तथा डुबानको समस्या व्याप्त छ ।
बाढी र पहिरोका कारण तराई र पहाडका १५ जिल्लामा बढी क्षति भएको छ । बाढीले बगाएर तीन दिनभित्र बाँकेमा ४, रोल्पामा ३, सिन्धुली,सर्लाही, पर्सामा २–२ जनाको मृत्यु भएको छ ।
कैलाली, चितवन, तनहुँ, उदयपुर, कैलाली, उदयपुर, महोत्तरी, दाङ र सिरहामा १–१ जनाको मृत्यु भएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले जानकारी दिए । बाढीले बगाएर सर्लाहीमा १ र तनहुँमा १ जना हराइरहेका छन् । वेपत्ताको खोजी कार्य जारी राखिएको गृह मन्त्रालयका प्रवक्ता रामकृष्ण सुवेदीले बताए ।

प्रकाशित समय ०८:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु