गृहपृष्ठ थाइल्याण्ड: गुफामा फँसेका किशोरलाई १२ दिनपछि मिल्यो खाना

थाइल्याण्ड: गुफामा फँसेका किशोरलाई १२ दिनपछि मिल्यो खाना

थाइल्याण्डको एउटा गुफामा फसेका १२ किशोर र उनीहरुको फुटबल प्रशिक्षकलाई १० दिनपछि पहिलोपटक खाना र औषधि मिलेको छ ।


२३ जुनमा प्रशिक्षकसहित १२ किशोर उत्तरी थाइल्याण्डमा फुटबल अभ्यासपछि गुफा हेर्न गएका थिए । तर, बाढीका कारण उनीहरु गुफाभित्रै फँसे । चिकित्सक र उद्धार टोली फँसेका किशोरहरुसम्म त पुगे र तर, निकाल्न त्यति सजिलो नभएकाले उपायको खोजी भइरहेको छ ।


नौ दिनसम्म सम्पर्कमा नरहेका किशोर र प्रशिक्षक जिवितै रहेको सोही टोलीले पत्ता लगाएको हो । अहिले पनि ती किशोर र प्रशिक्षकलाई कसरी बाहिर निकाल्ने भन्नेबारे अधिकारीहरुले अनेक युक्ति सोचिरहेका छन् । तर, अहिलेसम्म सकुशल बाहिर निकाल्ने उपाय उनीहरुले निकालिसकेका छैनन् ।

प्रकाशित समय ०८:१० बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु