गृहपृष्ठ पसल खोल्न र जोरबिजोरको आधारमा सवारीसाधन चल्न दिने मन्त्रिपरिषदको निर्णय

पसल खोल्न र जोरबिजोरको आधारमा सवारीसाधन चल्न दिने मन्त्रिपरिषदको निर्णय

एसईई परीक्षा नलिने, आन्तरिक मूल्यांकनको आधारमा परीक्षाफल

फाइल तस्बिर ।

मन्त्रिपरिषद्ले बैठकले बिहिबारदेखि लकडाउनलाई खुकुलो पार्ने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बुधबार राति सम्पन्न बैठकले पसल व्यवसाय सञ्चालन गर्न दिने र निजी सवारीसाधन जोर-बिजोरका आधारमा सञ्चालन गर्न दिने निर्णय गरेको एक मन्त्रीले बताए । तर सार्वजनिक यातायात भने तत्काल नखोल्ने निर्णय भएको छ।

गत चैत ११ गतेदेखि जारी लकडाउनले चौतर्फी असर परेपछि सरकारमाथि लकडाउन खुकुलो बनाउन दबाव बढ्दै आएको थियो । सोहीअनुसार सरकारले लकडाउन खुकुलो बनाउने गरी निर्णय गरेको हो । विज्ञहरुले पनि कोरोना महामारी लामो समय जाने देखिएको भन्दै लकडाउनको मोडालिटी परिवर्तन गर्न सुझाउँदै आएका थिए ।

बैठकले सबै किसिमका पसलहरु सुरक्षा मापदण्ड अपनाएर सञ्चालन गर्न दिने निर्णय गरेको हो । त्यसैगरी बैठकले एसईई को यस वर्षको परीक्षा नगरी कानुन बनाएर विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा परीक्षाफल प्रकाशित गर्ने निर्णय गरेकाे छ ।

विद्यालय, सिनेमा हल लगायतका धेरै भीडभाड हुने स्थानहरु तत्काल खुल्ने छैनन् । यसबारे भोलि सरकारले विस्तृत जानकारी दिने भएको छ ।

 

प्रकाशित समय २२:३७ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु