गृहपृष्ठ बोक्सीको आरोपमा राजधानीमै महिलामाथि कुटपिट

बोक्सीको आरोपमा राजधानीमै महिलामाथि कुटपिट

mahila_miss-behave-newskarobar

नेपालका दुर्गम र पिछडिएको क्षेत्रमा कुप्रथा रहेको त हामीले सुन्दै आएका हौँ । तर, राजधानीमै यस्ता घटना हुन थालेपछि भने थप गम्भीर भएर सोच्नुपर्ने बेला आएको छ ।

बोक्सी विशेषतः महिलामाथि लाग्ने कठोर आरोप हो । यो सरासर गलत हो र यसमा कुनै सत्यता छैन भन्ने कुरा जगजाहेर छ । तर पनि महिलाहरु बोक्सीको आरोपमा प्रताडित हुनु परेको छ ।

यस्तै घटना भएको छ, भक्तपुरको बालकोटमा । काभ्रेको चौरी देउराली गाउँपालिका घर भई हाल भक्तपुरस्थित बालकोट बस्दै आएकी महिला काभ्रेको सोही स्थान स्थायी घर भई बालकोट बस्दै आएका व्यक्तिको शिकार भएकी छन् ।

शुक्रबार बेलुका साढे ७ बजेतिर घटेको यो घटनाकी पीडित हुन्- रुकु चौंलागार्इं । उनलाई कुमार हुमागार्इंले बोक्सीको आरोपमा कुटपिट गरेका हुन् । पीडितका आफन्तले दिएको जानकारी अनुसार हुमागार्इंले रुकुलाई बोक्सीको आरोपमा कुटपिट गरेका हुन् ।

रुकुका आफन्त झंक गौतमले दिएको जानकारी अनुसार पीडक भनिएका हुमागार्इंलाई प्रहरीले पक्राउ गरेको छ । घटनाबारे अनुसन्धान भइरहेको बालकोटका असई हरिश चन्दले जानकारी दिएका छन् ।

प्रकाशित समय ०८:१४ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु