गृहपृष्ठ दार्चुलाको दुहु गाउँपालिकामा जिप दुर्घटना, ११ जनाको मृत्यु

दार्चुलाको दुहु गाउँपालिकामा जिप दुर्घटना, ११ जनाको मृत्यु

एक जना गम्भीर घाइते

durghatna-accident-newskarobar सांकेतिक तस्बिर ।

दार्चुलामा जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको छ ।

सदरमुकाम खलंगाबाट दुहु गाउँपालिका हिकिला गइरहेको जिप दुर्घटना हुँदा ११ जनाको मृत्यु भएको हो । एक जना गम्भीर घाइते भएका छन् । शुक्रबार साँझ करिब ८ बजेतिर दुहु गाउँपालिका ३ राताकाठाभीरमा म१ज २८० नम्बरको जिप सडकबाट करिब तीन सय मिटर तल महाकाली नदि किनारमा खसेको दार्चुलाका निमित्त प्रहरी प्रमुख रवीन्द्र कठायतले जानकारी दिए ।

जिपमा चालकसहित १२ जना सवार थिए । मृत्यु हुनेमा ७ जना महिला, तीन पुरुष र एक नाबालक छन् । जिल्ला प्रहरी कार्यालय दार्चुला र सीमा सुरक्षा गुल्म दार्चुलाको टोलीले घटनास्थल पुगेर गाडी चालक दिपकसिंह धामीको घाइते अवस्थामा उद्दार गरेको थियो । गम्भीर घाइते चालक धामीलाई जिल्ला अस्पतालमा उपचार नभएपछि अन्यत्रै रिफर गरिएको छ ।

सो सडक साँघुरो भएका कारण गत वर्ष जिल्ला यातायात समितिले रातकाठाभीरमा यातायात सञ्चालनका लागि अनुमति नदिने निर्णय गरेको थियो । दुहु गाउँपालिका–५ ले पनि यातायात सञ्चालन गर्दा कुनै पनि समयमा दुर्घटना हुन सक्ने भन्दै यातायात सञ्लनमा रोक लगाएको थियो ।

तिंकर सडकको सबैभन्दा जोखिमयुक्त ठाउँ रातकाठाभीर भएकाले सो क्षेत्रमा यात्रुलाई झारेर सवारी साधनले पार गर्थे । तर, केही सवारी भने यात्रु नओराली आवात जावत गर्थे ।

प्रकाशित समय ०७:३६ बजे

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु