गृहपृष्ठ नारायणगढ–मुग्लिन सडकखण्डका १४ पुल निर्माण गरिँदै
नारायणगढ–मुग्लिन सडकखण्डका १४ पुल निर्माण गरिँदै
नारायणगढ–मुग्लिन सडकखण्डका १४ पुल निर्माणको प्रकृया एक महिनाभित्रमा थालिने भएको छ ।
सडक चौडा हुँदासमेत पुल साँघुरा भएपछि सवारी साधनलाई आवतजावत गर्न कठिन हुँदै आएको छ । सडक विभागका उपमहानिर्देशक एवं पुल महाशाखा प्रमुख इञ्जिनीयर दीपक भट्टराईकाअनुसार नक्सांकन गरी निर्माण गर्ने गरी बोलपत्र आह्वान गरिँदै छ ।
उहाँले आवश्यक कागजपत्र अन्तिम चरणमा पुगेकाले विश्व बैंकसँग सहमति लिनुपर्ने भएकाले केही दिन लाग्ने बताए । सवारी साधन आवागमनमा समस्या भइरहेकाले छिटो पुल निर्माण सक्ने गरी काम अघि बढाइने बताइएको छ ।
सडक नौ देखि ११ मिटर चौडा छ । सडक बराबर चौडा पुल बनेपछि मात्र सवारी साधन आवागमनमा सहज हुनेछ । भट्टराईका अनुसार पुल निर्माणमा रु एक अर्ब हाराहारी खर्च लाग्ने अनुमान छ ।
सो सडकका १८ पुलमध्ये चारवटा पुल निर्माणको क्रममा रहेका छन् । जटिल काम भएकाले ठेकेदार कम्पनीले नक्सांकनका लागि विदेशी विज्ञसमेत झिकाउनुपर्ने देखिएको छ । राजधानी काठमाडोँ भित्रने र बाहिरने देशकै प्रमुख सडक भएकाले दैनिक १० हजारभन्दा बढी सवारी साधन आवतजावत गर्ने गर्दछन् ।(रासस)
प्रकाशित समय १०:०३ बजे

















